• १२ असोज २०८१, शनिबार

मोरङ ३(ख) मा एमालेका ज्ञानेन्द्र सुवेदी विजयी

blog

हरि कोइराला

उर्लाबारी , मङ्सिर १० गते ।  मोरङको निर्वाचन क्षेत्र नं. ३ (ख) मा नेकपा एमालेका ज्ञानेन्द्र सुवेदी १७ हजार ४२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँ बेलबारी नगरपालिकाको निवर्तमान नगर प्रमुख हुनुहुन्छ । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार लक्ष्मीकुमार श्रेष्ठलाई २ हजार ७० मतान्तरले हराउँदै ६४ वर्षीय सुवेदी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

१३ जना उम्मेदवारले प्रतिस्पर्धा गरेको मोरङ ३ (ख) मा राप्रपाका रमेश रिजाल १० हजार १२६ मत प्राप्त गर्दै तेस्रो बन्नुभयो । यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नीरबहादुर भुजेलले ७४, मङ्गोल नेशनल अर्गनाइजेसनका विश्वबन्धु तामाङले १ हजार ६९५,हाम्रो नेपाली पार्टीका पुष्पराज खनालले ९०७ खम्बुवान राष्ट्रिय मोर्चाका तेजप्रसाद राईले ३४४ र राष्ट्रिय जनमुक्ति पार्टीका चन्द्रकुमार सुब्बाले ४६२ मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेदवारहरू ऐश्वर्यप्रसाद आचार्यले ४५२, नीरकुमार बुढाथोकीले १६, गुरुप्रसाद बाँस्तोलाले १२० र यामकुमार श्रेष्ठले ५४ मत प्राप्त गर्नुभयो ।