• १५ असार २०८१, शनिबार

सिरहा–२ मा राजकिशोर यादव विजयी

blog

सिरहा, मङ्सिर १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

 निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाउनुभएको हो । उहाँहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो हुनुभएको छ । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो । यो जितसँगै देशभरबाट जसपाले पाँच स्थानमा विजयी हासिल गरेको छ ।