• ८ कात्तिक २०८१, बिहिबार

पहिलो हाफमा कतार १–० ले पछाडि

blog

कतारविरुद्ध गोल गर्दे सेनेगलका बोउलाए डिया । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ९ गते । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को खेलको पहिलो हाफमा सेनेगलले आयोजक कतारमाथि १–० गोलको अग्रता लिएको छ ।

अल थुमामा स्टेडियममा जारी खेलमा सेनेगलका लागि ४१औं मिनेटमा बोउलाए डियाले गोल गर्नुभयो । पहिलो खेलमा हार खेपेको दुवै टोलीलाई अघिल्लो चरणमा पुग्न आजको खेल जित्नुपर्ने आवश्यक छ ।

समूहको पहिलो खेलमा कतार इक्वेडरसँग २–० गोलले पराजित भएको थियो । यस्तै सेनेगलले नेदरल्यान्ड्ससँग २–० गोलले नै हार खेपेको थियो । एजेन्सी