• १२ असोज २०८१, शनिबार

ज्ञानेन्द्रबहादुर कार्की २४६ मतले अगाडि

blog

जयकृष्ण यादव
इनरुवा, मङ्सिर १० गते ।
 सुनसरी प्रतिनिधि सभा क्षेत्र नं. ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिनुभएको छ ।

शनिबार मध्याह्न १२ बजेसम्मको मतगणनाअनुसार मन्त्री कार्कीले नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई २४६ मतले पछि पार्नुभएको हो ।

मन्त्री कार्कीले २२ हजार ७१७ मतसहित अग्रता लिनुभएको छ भने कुसियैतले २२ हजार ४७१ मत ल्याउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले मतगणना जारी रहेको छ । त्यस्तै, सुनसरी ४ मा सात वटा वडामा मत गन्न बाँकी छ ।