• १३ साउन २०८१, आइतबार

सर्लाही (ख) बाट कांग्रेसका कौशलकिशोर राय विजयी

blog

जनार्जन खत्री

सर्लाही, मङ्सिर १० गते । सर्लाही क्षेत्र नम्बर २ -ख_ बाट नेपाली कांग्रेसका कौशलकिशोर राय प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

राय १७९ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । रायले नौ हजार ६२६ मत प्राप्त गर्नुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेथुर चौधरीले नौ हजार ४४७ मत पाउनुभयो । चौधरी जिल्ला समन्वय समिति सर्लाहीका निवर्तमान सभापति हुनुहुन्छ ।

यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य अशोक कुमार यादव तेस्रो हुनुभयो । जनता समाजवादी पार्टी -जसपा_ का यादवले आठ हजार ९४० मत प्राप्त गर्नुभयो ।

मतगणना भर निकै कडा प्रतिस्पर्धाका बीच अन्तिममा कांग्रेसका राय १७९ मतको  अन्तरले विजयी हुनुभयो । योसँगै सर्लाहीमा प्रत्यक्षततर्फ चारवटै प्रतिनिधि सभा र आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

समानुपातिकतर्फको भने सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी नै रहेको छ ।