• १२ असोज २०८१, शनिबार

पुनः मतदान हुनुपर्छ : नेता खनाल

blog

झलनाथ खनाल । फाइल तस्बिर

इलाम, मङ्सिर १० गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ। इलाम क्षेत्र नं १ बाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताउनुभयो।

शनिबार पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरासर धाँधली भएको छ। दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ। दुई सय ६६ मतपत्र बढी भेटियो।” उहाँले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाउनुभएको छ। पूर्व प्रम खनालले भन्नुभयो, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन ? निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता  पाउँदैन।”

हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहनुभएको छ। खनालले १६ हजार ८७ मत प्राप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाउनुभएको छ।  क्षेत्र नं १ मा ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ। तर, खनालले पुनः मतदानको माग गर्नुभएको छ। रासस