• १३ साउन २०८१, आइतबार

धनुषा ४ मा कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै

blog

विजयकुमार साह 

ढल्केवर, मङ्सिर ११ गते । धनुषा निर्वाचन क्षेत्र नं. ४ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायम राख्नुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार रघुवीर महासेठभन्दा ७३३ मतान्तरले अगाडि हुनुहुन्छ । 

नेपाली कांग्रेसका सह-महामन्त्रीसमेत रहनुभएका कांग्रेसका उम्मेदवार यादवले निर्वाचन क्षेत्रमा ४२ वटा वडामध्ये ३२ वटा वडाको मतगणना सकिँदा २३ हजार १२४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उहाँको विपक्षी नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहनुभएका महासेठ २२ हजार ३९१ मत प्राप्त गर्नुभएको छ ।