• १२ असोज २०८१, शनिबार

किराँत धर्म संरक्षक गुरु लाफयङ सालिक अनावरण

blog

इलाम, मङ्सिर ११ गते । फल्गुनन्द नोमाङ्गेना सेवा सङ्घ, इलामले किराँत धर्म संरक्षक गुरु लाफयङ (देवबहादुर तुम्बापो) ७९ औँ जन्मजयन्ती तथा गुरुको पूर्णकदको सालिक अनावरण गरिएको छ । प्रदेश प्रमुख माननीय परशुराम खापुङद्धारा सालिकको अनावरण गरिएको हो । 

अनावरण कार्यक्रममा बोल्नुहुँदै प्रमुख खापुङले किरात धर्मका संरक्षक गुरु लाफयङले देखाउनुभएको बाटोलाई सदा पच्छ्याउनुपर्ने बताउनुभएको छ । नेपालको संविधानले सबै भाषा, धर्म, संस्कृतिको सम्मान गर्ने कुरा उल्लेख गरेको स्मरण गर्दै प्रदेश प्रमुख खापुङले सबैलाई संरक्षण गरेर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

चुलाचुली १, कमल इलाममा आयोजित कार्यक्रम फल्गुनन्द नोमाङ्गेना सेवा सङ्घद्वारा स्थापित फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको सातौँ वार्षिकोत्सवसहित मनाइएको थियो । कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिला लावती योङहाङ, वडा नं. १ का अध्यक्ष पूर्ण लावती, किरात सत्यहाङमा सेवा सङ्घका अध्यक्ष ज्ञानोदय लावतीले मन्तव्य राख्नुभएको थियो ।