• १२ असोज २०८१, शनिबार

आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण

blog

सुनसरीको दुहवी नगरपालिका –७ भलुवाका आमाहरुलाई जडीबुटीजन्य औषधी वितरण गरिँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, मङ्सिर १२ गते । सुनसरीको दुहवी नगरपालिका ७ भलुवामा हजार दिनका आमालाई स्वस्थ जीवनशैली एवम् सरसफाइसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको कार्यक्रममा दुहवी नगरपालिकाको भलुवास्थित वडा ७ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक जडीबुटीजन्य औषधी वितरण गरेको छ । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. सञ्जीवकुमार यादवका अनुसार आमाहरुलाई स्वस्थ जीवनशैली तथा आयुर्वेद सचेतनामूलक कार्यक्रमसहित औषधि वितरण गरिएको हो । वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, सामाजिक सङ्घसंस्था एवम् सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति थियो । 

दुहवी नगरपालिका ७ का वडाध्यक्ष विजय चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. यादवले आयुर्वेदिक औषधिको प्रयोजनले साइड इफेक्ट नहुने भएकाले एलोपेथिक औषधिको प्रयोग घटाउँदै लैजान सहभागीलाई आग्रह गर्नुभयो । डा. यादवले कार्यक्रममा आयुर्वेद औषधिको महत्वसँगै स्वस्थ जीवनशैली, वातवरणीय सरसफाइ, सुरक्षित पानीको प्रयोग, स्तनपानको महत्व र स्तनपानको तरिकालगायत विषयमा लक्षित वर्गलाई सचेतना गराउनुभयोे ।

स्वस्थ जीवनशैलीमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन जरुरी रहेको भन्ने कुरा जानकारी दिइएको थियो । आयुर्वेद औषधिको साथमा थप परहेजको पालना गर्नुपर्ने र यसो गरेमा रोग लाग्नबाट बच्न सकिने डा. यादवले बताउनुभयो ।

५५ जना आमाहरुलाई जडीबुटीजन्य औषधि वितरणसँगै महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।