• १३ असोज २०८१, आइतबार

कालीकोटका मतदातालाई धन्यवाद

blog

विजय भएपछि गाउँमा पुगेर मतदातालाई धन्यवाद दिँदै सत्ता गठबन्धनका नेता। तस्बिर : प्रेमराज सिम्खडा।

प्रेमराज सिम्खडा

कालीकोट मङ्सिर १३ गते। विजयी भएपछि नेताहरूले कालीकोटका मतदातालाई धन्यवाद दिएका छन्। सत्ता गठबन्धनको एउटा घटक नेकपा (माओवादी केन्द्र) कालीकोटका अध्यक्ष लक्ष्मीप्रसाद चौलागाईँले मतदाताका कुरा सुन्ने कार्यक्रम अन्तर्गत धन्यवाद गर्न गाउँगाउँ जाने योजना बनाएको जानकारी दिनुभयो।

अध्यक्ष चौलागाईले निर्वाचनको समीक्षा बैठकमा अब जनताका कुरा सुनेर विकासका योजना बनाउनु पर्छ भन्ने आवाज उठेपछि विजय भएपछि काठमाडौं जानु भन्दा अगाडि मतदातालाई धन्यवाद दिने कार्यक्रम राखेको सुनाउनुभयो। 

सत्ता गठबन्धनका विजयी उम्मेदवार प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाही, प्रदेश सभा सदस्य (क)का दुर्गबहादुर रावत र (ख) का हिक्मतबहादुर विष्ट अहिले मतदातालाई धन्यवाद दिन व्यस्त हुनुहुन्छ। 

दलहरूको गाउँ फर्किने कार्यक्रमले मतदातामा उत्साह थपिएको छ। रास्कोट १ का चरित्रराज न्यौपानेले आफूले मत हालेर जितेका उम्मेदवार विजयी भएपछि गाउँगाउँमा आइपुग्दा खुसी लागेको बताउनुभयो।