निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेश २ मा सबैभन्दा बढी प्रदेश सभातर्फ ६ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
झापा क्षेत्र ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले वुधबार एकै दिन तीन वटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्ष समेत रहनुभएका लिङ्देनले हल्दीबारी गाउँपालिकामा निर्माण हुन लागेको तीन पक्की पुलको शिलान्यास गर्नुभएको हो ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सभातर्फ ११ स्थानमा विजयी हासिल गरेको छ ।
दार्चुलाको व्यास गाउँपालिकामा कृषि विकास शाखाले जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरेको छ । व्यास गाउँपालिका कृषि विकास शाखा सुन्सेरा दार्चुलाको चालू आर्थिक वर्ष २०७९–८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार व्यास गाउँपालिका –४ सुन्सेरा साईँमा पाँच रोपनी जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरिएको कृषि शाखा प्रमुख विश्वेश्वरप्रसाद बडूले जानकारी दिनुभयो ।
दार्चुलामा प्रत्यक्ष र सामानुपातिक तर्फका गरी १० हजार २३ मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक हजार ९४० मत बदर भएको हो । प्रतिनिधिसभा प्रत्यक्षमा ५७ हजार ६६३ मत खसेकोमा एक हजार ९४० मत बदर र ५५ हजार ७२३ मत सदर भएको छ ।
चीनका पूर्व राष्ट्रपति चियाङ चेमिनको निधन भएको छ ।
बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । उहाँले २० हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
स्याङ्जा क्षेत्र नं. २ को मतगणना शुरु गर्नका लागि आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्काल मतगणना शुरु गर्न निर्देशन दिएपश्चात आजबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो ।
ताप्लेजुङमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा करिब चार प्रतिशत मत बदर भएको छ ।
नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्र अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिट्टै शुभारम्भ हुने बताउनुभएको छ ।
मोरङको सुन्दरहरैंचा –११ कर्जुनामा रहेको सुवर्ण फर्मासुटिकल्सको भवन भूत बङ्गलामा परिणत भएको छ । धरानमा तत्कालिन सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेपछि सुवर्ण शम्शेर राणाको नाममा औषधि उद्योग स्थापना गर्न २०५५ मा सुवर्ण फर्मासिटिकल्सको भवन शिलान्यास गरिएको थियो ।
रौतहट निर्वाचन क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ । साहले ३२ हजार ४३७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
रौतहट निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साह विजयी हुनुभएको छ । साहले ३२ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
बाँकेका किसानले उत्पादन गरेको धान बर्सेनी सरकारले तोकेको मूल्यमा खरिद गर्दैआएको भए पनि नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक हालसम्म धान खरिद नगर्दा किसानहरू समस्यामा परेका छन् ।
भेरी नदीमा पानी भर्ने क्रममा हिजो (मङ्गलबार) बेलुका चिप्लिएर नदीमा खस्दा एक महिला बेपत्ता हुनुभएको छ । भेरी नगरपालिका –१ रावतगाउँ निवासी ५२ वर्षीया दुर्पता खत्री नदीमा बगेर बेपत्ता हुनुभएको हो ।