• १३ असोज २०८१, आइतबार

स्याङ्जा २ को मतगणना आज साँझदेखि सुरु हुँदै

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १४ गते । स्याङ्जा क्षेत्र नं. २ को मतगणना शुरु गर्नका लागि आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्काल मतगणना शुरु गर्न निर्देशन दिएपछि आजबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो । 

आज ४ बजे बोलाइएको सर्वदलीय बैठकपछि मतगणना सुरु हुने र आफूहरु तयारी अवस्थामा रहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । लामो समयको अन्योलबीच निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने र मतगणना सुरु गर्ने निर्णय गरेको थियो । 

मङ्सिर ४ गते सम्पन्न भएको मतदानको ११ दिनपछि मतगणना सुरु हुन लागेको हो । चापाकोट नगरपालिकाको चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले) ले आरोप लगाउँदै पुनः मतदानको माग गर्दैआएको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ ।