इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरू बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरूको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो ।
भरतपुर महानगरपालिकाले व्यावसायिक मत्स्य कृषकका लागि विधुत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ। महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।
सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार नवल किशोर साह सुडी विजयी हुनुभएको छ ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेशसभातर्फ १४ स्थानमा विजयी हासिल गरेको छ ।
पाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत काभ्रेपलान्चोक जिल्लामा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका उम्मेदवारहरूमध्ये २७ उम्मेदवारको जमानत जफत भएको छ ।
चितवनको बछ्यौलीमा रहेको थारु संग्राहालय पर्यटकीय नगरी सौराहा आउने पर्यटकका लागि एउटा गन्तव्य हो । चितवनका आदिवासी जनजाति थारुहरूको संस्कृति र जीवनलाई दर्साउने यो संग्राहलय पर्यटकको मुख्य आकर्षणको थलो बनेको छ ।
सात वर्षयता ठुला राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको मोरङको मरिया बक्राहा खोलाको पुल यस पटक पनि चुनावी एजेन्डा बन्यो ।
विश्व नेपाल साहित्य महासङ्घ (विनेसाम) ले महोत्तरीमा आफ्नो शाखा विस्तार गरेको छ । विनेसामको मधेस प्रदेशस्थित कार्यालयले बर्दिबासको गौरीशङ्कर होटेलमा आयोजना गरेको स्रष्टा सम्मेलनमा महोत्तरी शाखा गठन गरेको हो ।
दोलखामा शान्तिपूर्ण रूपमा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि जिल्लाका १० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता लिनु भएको छ । उहाँले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई ६५४ मतले पछि पार्नु भएको हो ।
प्रतिनिधि सभा समानुपातिकतर्फ अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणामअनुसार कर्णालीमा नेकपा (एमाले) पहिलो दल बनेको छ। सुर्खेतमा नेकपा (एमाले)ले यस पटक पनि २०७४ को लोकप्रियतालाई कायमै राखेको हो। प्रदेश सभातर्फ नेकपा (एमाले)ले समानुपातिकमा एक लाख ८३ हजार ९५० मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो। प्रदेशमा लोकप्रिय मतमा नेपाली कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएको छ।
सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गर्नुभएको छ ।
गहुँ छर्ने सिजनमा कैलालीका किसानले रासायनिक मल अभाव झेलिरहेका छन् । गहुँ छर्ने समय घर्किंदै जाँदा सहकारीले मल उपलब्ध गराउन नसक्दा किसानले मल अभाव झेलिरहेका हुन् । बेलैमा मल नपाउँदा उनीहरूलाई गहुँ छर्न समस्या भइरहेको छ । स्थानीय सहकारीमा कैयौँ दिन धाउँदा पनि मल नपाएको कैलारी गाउँपालिका–७ का महावीर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिन पहिले सहकारीमा मल आएको थियो तर मसँग रुपियाँ थिएन । धान बेचेर पैसा जोहो गरेँ । तर अहिले मल मिलेको छैन । अभाव छ ।”