धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ ।
लुम्बिनी र गण्डकी प्रदेशले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार जित निकालेका छन् । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले प्रदेश–१ लाई ६ विकेटले हरायो ।
अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्ने गरेको बताउनुभएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिका बाख्रेछेडाका थानेश्वर पोखरेल उमेरले ७० वर्ष पुग्नुभयो । बुढ्यौली उमेरले च्यापेसँगै उहाँको आँखामा समस्या देखिन थाल्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बिहीबार) राति समूह ‘ई’ र ‘एफ’ को दुई दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
कैलालीको धनगढीमा आज कालिका कन्स्ट्रक्सनको ग्रेडरले कुल्चिदा एक विद्यार्थीको मृत्यु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ ।
रुपन्देही कञ्चन गाउँपालिका –५ का एक वर्षदेखि फरार अभियुक्त यमलाल पाण्डे पक्राउ परेका छन् ।
मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड दुई लाख ६४ हजार ५३ मतगणना हुँदा नेकपा (एमाले)ले सबैभन्दा बढी मत पाएको छ।
कतारमा जारी फिफा विश्वकप अन्तर्गत बिहीबार (आज) राति हुने जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले खेलाउने पक्का भएको छ । पुरुष विश्वकप फुटबलको इतिहासमा महिला रेफ्रीले खेल खेलाउन लागेको यो पहिलो पटक हो ।
कालीकोटको शान्नीत्रिवेणी गाउँपालिका –३ सिस्नेगडा कर्णाली नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । घाँस काट्न गएका स्थानीय महिलाले नदी किनारमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
तरुल खन्ने क्रममा ढुङ्गाले च्यापिएर मङ्गलसेन नगरपालिकामा एक बालकको ज्यान गएको छ । मङ्गलसेन नगरपालिका –११ खिमाडा निवासी १४ वर्षका गौतम भुलको ज्यान गएको हो ।
स्याउ उत्पादन राम्रो भए पनि किसानलाई यस वर्ष बजारको (बिक्री) गर्ने पिरलो भएको छ । जिल्लामा सडक यातायात नजोडिएका कारण जिल्ला बाहिर निकासी गर्न नपाइने भएकाले किसानलाई उत्पादन भएको स्याउ बिक्री गर्न समस्या भएको हो ।