आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।
कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेल आज (शुक्रबार) राति हुँदैछ । राति समूह ‘जी’ र ‘एच’ का अन्तिम दुई दुई खेल हुनेछन् ।
भारतको गुजरात विधानसभा चुनावको पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीको अग्रता कायमै रहेको छ ।
कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो ।
पूर्वी नवलपरासीको कावासोती–८ मा रहेको नोबल एकेडेमीमा जुनियर डिभिजन तालिम प्रदर्शनी भएको छ ।
पाकिस्तानका करिब ४५ प्रतिशत नागरिकलाई यहाँको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास लागेको हालै सम्पन्न गरिएको एक सर्भेक्षणले देखाएको छ ।
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।
धनकुटाको साँगुरीगढी गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । साँगुरीगढी गाउँपालिका ५ डाँडाबजारमा ४० वर्षीय राजकुमार मगरको शव शुक्रबार बिहान फेला परेको धनकुटा प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।
गत असोज दोस्रो हप्तामा भारी बर्षादका कारणले बाढी पहिरोले अवरुद्ध भएका खत्याड भेकका ग्रामीण सडक सुचारु हुन थालेका छन् । खत्याड गाउँपालिकाको पहलमा अवरुद्ध सडक मर्मत अगाडि बढाएसँगै सडक सुचारु हुन थालेका हुन् । खत्याड गाउँपालिका वडा नं–१ का कर्णवीर रोकायाले, गाउँमा जोडिने बाटोह
नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको “हाम्रो पात्रो रेमिट” ले एक वर्ष पुरा गरेको छ । रेमिटले पहिलो वर्षमै एक अर्ब ५० करोड रुपैयाँ नेपाल भित्र्याएको छ ।
देवतालाई भोज खुवाउन जाने क्रममा भक्तपुर तौमढिस्थित भैरवनाथलाई सम्मान गर्दै नवदुर्गा नाचका देवगणाहरु ।
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने कुरालाई महत्त्वका साथ व्यवस्थित रूपमा अघि बढाउन नसक्नुमा सरकारले चासो नदिएको काँग्रेस नेता प्रकाशमान सिंहले बताउनुभयो । मेलम्ची खानेपानी काम चलाएका रूपमा मात्र हुँदै आएको छ पटक पटक अरवौ खर्च भई सक्दा समेत पानी उपत्यकावासीले नपाउनुमा सरकारकै कमजोरी भएको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको भन्दै लमही नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिको आन्दोलन स्थगित भएको छ । आन्दोलनरत कर्मचारी, जनप्रतिनिधि बिचको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न आग्रह गर्ने सहमति पछि आन्दोलन स्थगित भएको हो ।