भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नरहेको बताउनुभएको छ । दलहरूमाथि प्रश्न उठनेगरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उहाँको भनाइ छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयले विभिन्न तहमा लिइएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २८ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गर्ने भएको छ । शनिबार गोरखापत्र दैनिकमा पदक पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गर्दै पदक दिने जनाएको हो ।
म बुकी फूल, अविश्राम देखिरहेछु सामुन्नेमा गीतका आलापहरूलाई परेलाको तुवाँलोले पुरिदिएको छ ठिही जमेको छ आँखामा र, बगेको छ गीतमा मिसिएर उज्यालोमा भुन्भुनाउने जीवका आहार बने कि ध्वनिहरू !
आकाशमा दिनहुँ उडी रहेका छन् मौरीहरू आफू जन्मेको थात थलो छाडेर घार खाली गर्दै
सन् २०१६ को अक्टोबर अन्त्यतिर छोरा वसन्तसँग युरोप भ्रमणमा निस्किएका थियौँ । प्रसङ्ग थियो– बेल्जियममा नेवारी परिकारसम्बन्धी सचित्र पुस्तकको लोकार्पणको । यही मेसोमा अमेरिका बस्दै आउनुभएका नेपाली पप गायक गायिका सञ्जीव प्रधान र नलिना चित्रकारसँग बेल्जियममा भेट भयो । बेल्जियमको एन्ट्वर्पमा त्यहाँको पासापुचः बेल्जियमले आयोजित म्ह पूजा एवं पुस्तक लोकार्पणको कार्यक्रम भ्याएर हामी स्पेनको बार्सिलोना गयौँ । त्यसो त युरोपेली क्लबस्तरीय फुटबल प्रतियोगितामा सानो छोरा प्रशान्त र म बार्का उर्पm बार्सिलोना क्लबको फ्यान हौँ । स्पेनको बा
नरजित राई नेपाली साहित्याकाशमा स्वच्छन्द उडानका लागि गन्तव्य खोज्दै गरेका साहित्यिक व्यक्तित्व हुनुहुन्छ । ‘आकाश खोज्दै जाँदा’, ‘समुद्रमाथिको सहर’, ‘मनोविम्ब’, ‘नसकिने बाटो’ तथा ‘मनका नदीहरू’जस्ता कृतिका सर्जक राईको जन्म खोटाङ, स्थायी बसोबास झापा र आजीविका हङकङमा रहेको छ । त्यसैले उहाँका सिर्जनामा जन्मस्थलको सुगन्ध, कर्मस्थलका रहर र कहर तथा बासस्थलको गौरव एकसाथ प्रतिविम्बित भएका छन् ।
याे वर्ष (विसं २०७९) शरद ऋतु (अटम सिजन)को हिमाल आरोहण गर्ने समय सकिएको छ । यो बेला हिमाल आरोहणको क्षेत्रमा विगतका वर्षभन्दा धेरै नै प्रगति भएको छ । शरद ऋतुमा नेपालका हिमालमध्ये ४१ वटा हिमाल आरोहण गर्न विश्वका ७७ देशका एक हजार २३८ जना पर्वतारोहीले अनुमति लिएका थिए । यसरी हेर्दा हिमालका सन्दर्भमा हामी नेपाली धेरै धनी रहेका छौँ ।
कर्णालीमा एउटा भनाइ छ– मानसरोवर ताउलो, रारा ताल थाल र गिडी ताल बटुको हो । यस भनाइबाट के प्रस्ट हुन्छ भने मानसरोवर धार्मिक रूपमा धेरै महìव बोकेको र ठूलो ताल हो । त्यसैले यस ताललाई ताउलो (डेक्ची)सँग तुलना गरिएको छ । नेपालकै ठूलो ताल रारा हो । यस ताललाई थालीसँग तुलना गरिएको छ । रारा तालको पूर्वमा छायानाथ, ऋणमोक्ष र थार्पा मष्टो धार्मिक पीठ छन् । तेस्रो कोटीमा पर्ने गिडी ताललाई बटुको (कचौरा)सँग तुलना गरिएको छ । गिडी तालनजिक स्वामी कार्तिक ठाकुरज्यू, भुरीचुला माई, गणेश गुफा, नाचलढुङ्गीजस्ता धार्मिक स्थल छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्र सङ्घको अग्रसरतामा ३० वर्ष अघि देखि यो दिवस मनाउँदै आएको छ ।
संसारका सबै देशमा आआफ्नो परम्पराअनुसार वर्षैभरि विभिन्न प्रकारका चाड मनाउने चलन छ । फरक–फरक समयमा मनाइए पनि कतिपय चाड एकअर्कासँग मिल्दाजुल्दा छन् । आमाको मुख हेर्ने चाडजस्तै आमा दिवस अमेरिकामा सन् १९०८ मे महिनाको दोस्रो आइतबार र बाबुको मुख हेर्ने चाडजस्तै बाबु दिवस सन् १९१० को जुन महिनाको तेस्रो आइतबार सुरु भएको हो । त्यहाँ हजुरबा–हजुरआमा दिवस पनि मनाइन्छ । यी परम्परा बिस्तारै संसारका प्रायः देशमा पैmलँदै गए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।