विगत १६ वर्षदेखि गुल्मीमा अपाङ्गताको क्षेत्रमा काम गर्दैआएको आशा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग गरिएको छ । शनिबार ३१ औँ अपाङ्ग दिवसको अवसरमा जिल्लाको इस्मा गाउँपालिका –६ अमरपुरमा जन्मिएका कुलचन्द्र गौतमले आशा अपाङ्ग केन्द्रलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।
महिला समूहको कुटपिटका कारण धरान उपमहानगरपालिका वडा नम्बर १३ की उषा राईको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जना पक्राउ परेका छन् ।
बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले ३ हजार ८८८ मतले अग्रता बनाउनुभएको छ ।
साबिक विजेता लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ५८ रनले हरायो । फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताउनुभएको छ ।
पाँचथरका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङले आफूलाई निर्वाचित गराउन सहयोग गर्नुहुने सबै मतदाताहरूप्रति आभार प्रकट गर्नुभएको छ ।
जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश सभासद् विजेता मिनकृष्ण महर्जनलाई शनिबार बधाई र सफल कार्यकालको शुभकामना दिएको छ ।
प्रयोगविहीन बन्दै आएको काठमाडौं महानगरपालिका वडा नम्बर २८ को खुलामञ्चमा तीन तहको पार्किङ निर्माण हुने भएको छ। काठमाडौं महानगरले यसलाई तीन तहको भूमिगत पार्किङ ‘ट्रिपल बेसमेन्ट’ भनेको छ।
फिफा विश्वकपमा आफ्नो टोली समूह चरणमा पराजित भएपछि प्रशिक्षकले राजीनामा दिने लहर नै चलेको छ । कतारमा जारी विश्वकपको २२औँ संस्करणमा समूह चरणबाट टोली बाहिरिएपछि राजीनामा दिने प्रशिक्षक तीन जना पुगिसकेको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।
मलखादको समस्या झेल्दै आइरहेका सिराहाका किसानहरू यतिबेला धानको मूल्य नपाउँदा चिन्तामा परेका छन् । धानबाली भित्र्याएर गहुँबाली लगाउन र घरायसी समस्या टार्न किसानाहरु धान बिक्री गर्न जाँदा धान खरिद बिक्री केन्द्र (चटी) बालाहरूले सस्तो मूल्यमा धान खरिद गर्दा कृषक मारमा परेका हुन् ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ । आज मध्यान्हसम्मको गणनाअनुसार कार्की १ हजार ९५ मतले अगाडि रहनुभएको छ ।
अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् ।