• १२ असोज २०८१, शनिबार

खुलामञ्चमा तीन तहको पार्किङ बन्ने (फोटो फिचर)

blog

खनेर मिलाइएकाे खुलामञ्च । तस्बिर : केशब गुरुङ

विष्णु पाण्डेय

काठमाडौं, मङ्सिर १७ गते।  प्रयोगविहीन बन्दै आएको काठमाडौं महानगरपालिका वडा नम्बर २८ को खुलामञ्चमा तीन तहको पार्किङ निर्माण हुने भएको छ। काठमाडौं महानगरले यसलाई तीन तहको भूमिगत पार्किङ ‘ट्रिपल बेसमेन्ट’ भनेको छ। 


महानगरको १० औं कार्यपालिका बैठकले ‘ट्रिपल बेसमेन्ट पार्किङ’ निर्माण गर्ने निर्णय गरेको   महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो।  उहाँले भन्नुभयो, ‘काठमाडौंको पार्किङ समस्याको समाधानको लागि खुला मञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ निर्माण गर्ने निर्णय महानगरले गरेको छ।’

काठमाडौंको पार्किङ समस्या समाधानका लागि महानगरले खुला मञ्चको उपयोग गर्ने योजना ल्याएको हो। यसअघि पटकपटक योजना बने पनि कार्यान्वयन हुन सकेको थिएन। महानगरले पार्किङ निर्माण कार्य अगाडि बढाउने निर्णय गरेसँगै आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणका लागि विज्ञसँग छलफल सुरु गरेको छ। महानगरले यसअघि नै खुला मञ्चमा बनेका संरचना हटाइसकेको छ ।