• १२ असोज २०८१, शनिबार

दोलखामा एक हजार ९५ मतले कार्कीको अग्रता

blog

बाबुराम शर्मा 

दोलखा, मङसिर १७ गते । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ । आज मध्यान्हसम्मको गणनाअनुसार कार्की १ हजार ९५ मतले अगाडि रहनुभएको छ ।  

आज १२ बजेसम्म २१ हजार ५४१ मत गणना हुँदा माओवादी केन्द्रका कार्कीले १० हजार ६० मत पाउँदा नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीले आठ हजार ९६५ मतले पछ्याइरहनु भएको छ । घण्टी चुनाव चिन्हका जगदीश खरेलले ७९५ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी प्रदेश सभा (ख) मा २२ हजार ४१० मत गणना हुँदा एमालेका उम्मेदवार भरतबहादुर केसीलाई ६६९ मतले उछिनेर नेपाली कांग्रेसका बर्मा लामाले अग्रता कायम गर्नुभएको छ । लामाले १० हजार ४७२ मत ल्याउनु भएको छ । एमालेका केसीले नौ हजार ८०३ मत पाउनुभयो । 

प्रदेशसभा (क) मा १७ हजार ९६८ मत गणना हुँदा कांग्रेसका कुन्दनराज काफ्ले एक हजार १०० मतान्तरले अग्रता लिनुभएको छ । काफलेले आठ हजार ४७२ मत र एमालेका नरबहादुर श्रेष्ठले सात  हजार ३७२ पाउनु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।