• १२ असोज २०८१, शनिबार

जनभरोसा टुट्न नदिने प्रतिबद्धता

blog

नारायण तुम्बापो

फिदिम, मङ्सिर १७ गते । पाँचथरका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङले आफूलाई निर्वाचित गराउन सहयोग गर्नुहुने सबै मतदाताहरूप्रति आभार प्रकट गर्नुभएको छ । मतदातामाझ पुगेर खुसी साटासाट गर्दै उहाँले सो आभार प्रकट गर्नुभएको हो । मतदाताले आफूमाथि गरेको विश्वास र भरोसा टुट्न नदिने उहाँको प्रतिबद्धता छ ।   

नेम्बाङले पाँचथरको विकास र समृद्धिका लागि आफूलाई पूर्णरुपमा समर्पण गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । नेकपा (एमाले) को तर्फबाट चौथो पटक प्रतिनिधि सभा सदस्यमा विजयी नेम्बाङ पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि हुनुहुन्छ । 

नेम्बाङले आफ्नो निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार भिष्मराज आङ्देम्बेलाई बत्तिस हजार १३५ मत प्राप्त गर्दै पराजित गर्नुभयो । आङ्देम्बेको बत्तिस हजार ८९ मत आएको थियो । एमाले केन्द्रीय सदस्य नेम्बाङ २०४८, २०५६ र २०७४ मा पनि सङ्घीय सांसदमा निर्वाचित हुनुभएको थियो ।

पाँचथरबाटै नवनिर्वाचित प्रदेश सभा सदस्यद्वय (क) कमलप्रसाद जवेगु र (ख) बाट इन्द्रबहादुर आङबोले पनि जनभरोसा टुट्न नदिने बताउनुभयो ।

नवनिर्वाचित सांसद नेम्बाङ, जवेगु र आङ्वोलाई मतदाताहरूले बधाईसहित दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गर्नुभएको छ ।