• १२ असोज २०८१, शनिबार

बाजुरामा कांग्रेसका पाण्डे ३ हजार ८८८ मतले अगाडि

blog

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर १७ गते । बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले ३ हजार ८८८ मतले अग्रता बनाउनुभएको छ । 

गणना भएको तीस हजार ९७६ मतमा पाण्डेको १७ हजार ४० मत छ भने नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको १३ हजार १५२ मत आएको छ । अन्य ठाउँको करिब मत परिणाम आए पनि बाजुरामा विभिन्न कारणले ढिलो गणनाको काम सुरु भएपछि परिणाम आउन ढिलो भएको हो ।