• १२ असोज २०८१, शनिबार

‘अपाङ्गता भएका व्यक्तिको समान पहुँच’

blog

काठमाडौँ, मङ्सिर १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्रसङ्घको अग्रसरतामा तीन दशकअघि प्रारम्भ गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपाङ्गता भएका नागरिकलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्दछ।” 

उहाँले अपाङ्गतासम्बन्धी व्यक्तिको अवस्थालाई समाजले हेर्ने दृष्टिकोणमा समेत रूपान्तरण गर्दै सभ्य समाजको निर्माण गर्न यस दिवसले सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचान, मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ।