• १२ असोज २०८१, शनिबार

चुनावबारे समीक्षा गर्न माओवादी पदाधिकारी बैठक बस्दै

blog

काठमाडौं, मङ्सिर १७ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) अपराह्न ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उहाँले बताउनुभयो । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।