दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बाजुरामा आजदेखि मतगणना सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले आज दिउँसो ३:३० देखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ढिलोगरी ५:४० बजेदेखि गणनाको काम सुरुभएको छ ।
जाजरकोटमा मोटर साइकल ठक्करले एक जना महिलाको ज्यान गएको छ । भेरी नगरपालिका –४ की ६१ बर्षीया विजया शाहीको ठक्करले ज्यान गएको हो ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दुई सय तीन जना नेपाली सैनिक बिहीबार सेन्टर अफ्रिकन रिपब्लिक देश प्रस्थान गरेको छ ।
मधेश प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सरकार नेतृत्वको चर्चा चल्न थालेको छ। प्रदेशमा प्रत्यक्षतर्फको मतगणनाअनुसार सत्ता गठबन्धन दलले सामान्य बहुमत प्राप्त गरेको छ। तर, दलको हिसाबमा नेकपा(एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ।
स्याङ्जा निर्वाचन क्षेत्र २ मतगणना जारी छ । विवादका कारण मत गणना सुरु हुन ढिला भएपछि धेरैको चासो थियो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ ।
लुम्बिनी र गण्डकी प्रदेशले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार जित निकालेका छन् । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले प्रदेश–१ लाई ६ विकेटले हरायो ।
अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्ने गरेको बताउनुभएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिका बाख्रेछेडाका थानेश्वर पोखरेल उमेरले ७० वर्ष पुग्नुभयो । बुढ्यौली उमेरले च्यापेसँगै उहाँको आँखामा समस्या देखिन थाल्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बिहीबार) राति समूह ‘ई’ र ‘एफ’ को दुई दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
कैलालीको धनगढीमा आज कालिका कन्स्ट्रक्सनको ग्रेडरले कुल्चिदा एक विद्यार्थीको मृत्यु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ ।