• १२ असोज २०८१, शनिबार

मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

blog

वासुदेव शर्मा 

जाजरकोट मङ्सिर १५ गते । जाजरकोटमा मोटर साइकल ठक्करले एक जना महिलाको ज्यान गएको छ । भेरी नगरपालिका –४ की ६१ बर्षीया विजया शाहीको ठक्करले ज्यान गएको हो ।  

भेरी नगरपालिका –३ तल्लो थाप्लेमा पैदल हिँडिरहनुभएकी शाहीलाई प ३.०२००१ प ७८८६ नम्बरको मोटर साइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएकी शाहीलाई उपचारका लागि नेपालगन्ज लग्दैगर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो । 

बिहीबार बिहान सदरमुकामस्थित तल्लो थाप्लेमा पैदल यात्रा गरिरहनुभएकी शाहीलाई विपरीत दिशाबाट आउँदैगरेको मोटरसाइकलले ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । 

भेरी नगरपालिका –३ का २७ वर्षीय विनोद विकले चलाएको मोटरसाइकलले शाहीलाई ठक्कर दिएको थियो । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको प्रहरी प्रमुख डिएसपी निरौलाले बताउनुभयो ।