• १२ चैत २०८२, बिहिबार

दरौँ खोलामा तोलातुङ्गलाई उपाधि

blog

अर्जुन काफ्ले
स्याङ्जा, चैत १२ गते ।
अर्जुन चौपारी गाउँपालिका–१ मा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि गल्याङ नगरपालिका–७, तोलातुङ्ग भलिबल क्लबले जितेको छ ।

दरौँ खोला युवा परिवारले आयोजना गरेको प्रतियोगितामा तोलातुङ्गले अयोजक एलाई ३–२ को सेटमा २५–२३, २३–२५, १६–२५, २५–२३ र १२–१५ अङ्कले पराजित गर्दै उपाधि सहित एक लाख ५१ हजार १११ रुपियाँ नगद, कप, मेडल प्रमाणपत्र जितेको हो ।

तीन जना खेलाडी वडा बाहिरका राख्न पाउने नियमको आधारमा गण्डकी प्रदेश क्याप्टेन सञ्जु विक्रम शाही, राजन दर्लामी, विवश आले र उमेश सेन्चुरीसहितको टिम तोलातुङ्गले गण्डकी खेलाडी हिमाल सुनारी, विश्वास अधिकारी र सन्तोष विक सहभागी अयोजक एलाई पराजित गरेको क्लबका उपाध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो ।

उपविजेता चित्त बुझाएको अयोजक एले ८१ हजार १११ रुपियाँ सहि कप, मेडल र प्रमाणपत्र हात परेको हो । 

तृतीय स्थान गण्डकी प्रदेशका खेलाडी जीवन सुनार र सन्जोग परियार सहभागी रहेको प्रदेशी हातेमालो क्लब बागलुङले ३१ हजार १११ र सान्त्वना बनेको आरुचौर भलिबल टिमले ११ हजार १११ प्राप्त गरेको हो ।

प्रतियोतिगामा उत्कृष्ट खेलाडी विश्वास अधिकारी(दरौँ खोला),  उत्कृष्ट मिडिल बल्कर हिमाल सुनारी (दरौँ खोला), उत्कृष्ट सेटर विवश आले मगर( तोलातुङ्ग), अनुशासित खेलाडी जीवान सुनार( प्रदेशी हातेमालो), उत्कृष्ट स्पाइकर सन्जोग परियार ( प्रदेशी हातेमालो), उत्कृष्ट लिब्रो समिर कला ( प्रदेशी हातेमालो) र उदयमान खेलाडी प्रवेश क्षेत्री (आरुचौर)ले हात पार्नुभएको हो ।

विजेतालाई गण्डकी प्रदेशको सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेलले पुरस्कार वितरण गर्नु भएको हो । हरेक वर्ष होली पर्वको अवसरमा खेल खेलाउने गरिएकोमा यस वर्ष निर्वाचनका कारण चैत ४ गतेबाट खेलाइएको प्रतियोगितामा स्याङ्जा, पर्वत, बाग्लुङका १४ टिमको सहभागिता रहेको थियो ।