• १२ असोज २०८१, शनिबार

समानुपातिक मतगणना : एक करोड दुई लाख गणना हुँदा एमाले पहिलो दल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १५ गते। मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड दुई लाख ६४ हजार ५३ मतगणना हुँदा नेकपा (एमाले)ले सबैभन्दा बढी मत पाएको छ। 

निर्वाचन आयोगकाअनुसार बिहीबारसम्मको गणनामा एमालेले २७ लाख ३३ हजार ४०८ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख पाँच हजार ९७६ मत पाएर समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको छ। नेकपा (माओवादी केन्द्र) ११ लाख ५५ हजार ७२१ मतसहित तेस्रो स्थानमा छ। 

माओवादीलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख आठ हजार ३९९ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८१ हजार ५५२ मत ल्याउँदा जनता समाजवादी पार्टीले चार लाख १७ हजार २६७ मत प्राप्त गरेको छ। 

जनमत पार्टीले तीन लाख ८८ हजार ६६५ मत पाएको छ। नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९३ हजार ८७ मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ९४३, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६६ हजार ४६९, नेपाल मजदुर किसान पार्टीले ७४ हजार ९३६ मत पाएका छन्। 

हाम्रो नेपाली पार्टीले ५४ हजार ६४८, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार १२७, राष्ट्रिय जनमोर्चाले ४६ हजार २२५, नेपाल सङ्घीय समाजवादीले ४१ हजार ६४०, नेकपा (माक्सवादी लेनिनवादी)ले ३० हजार २१५, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार ४३५, जनता प्रगतिशील पार्टीले १८ हजार १५, नेपाल आमा पार्टीले १७ हजार ७९६ मत प्राप्त गरेका छन्। 

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ७०१, बहुजन एकता पार्टीले १७ हजार ५०, नेपाली कांग्रेस (बीपी)ले १२ हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १२ हजार १७७, नेपाली जनता दलले नौ हजार ८७३, बहुजन शक्ति पार्टीले नौ हजार ४२७, नेपालका लागि नेपाली पार्टीले आठ हजार ३४६, नेपाल कम्युनिष्ट पार्टीले सात हजार ९१० मत ल्याएका छन्। 

नेपाल जनता पार्टीले सात हजार ४८९, नेपाल लोकतान्त्रिक पार्टीले सात हजार ३६८, नेकपामा (पुष्पलाल)ले सात हजार २८५, मितेरी पार्टी नेपालले सात हजार ३९, जनजागरण पार्टी नेपालले छ हजार ४७२, आमूल परिवर्तन मसिहा पार्टीले छ हजार ३५८ मत ल्याएका छन्। 

तराई मधेश लोकतान्त्रिक पार्टीले पाँच हजार ९५३, जनसमाजवादी पार्टीले पाँच हजार ८०३, नेकपा सामाजिक एकता पार्टीले पाँच हजार ७४१, पिछाडावर्ग निषाद दलित जनजातिले पाँच हजार ११, विवेकशील साझा पार्टीले चार हजार १६ मत ल्याएका छन्। 

एकीकृत शक्ति नेपालले तीन हजार ६९०, नेकपा (माओवादी समाजवादी)ले तीन हजार ६७२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार ३८५, राष्ट्रिय मुक्ति आन्दोलनले तीन हजार ३०९,  मौलिक जरोकिलो पार्टीले तीन हजार १७७, नेपाल समावेशी पार्टीले दुई हजार ७३३, नेकपा (परिवर्तन)ले दुई हजार १७१, राष्ट्रिय नागरिक पार्टीले दुई हजार ११६ र नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ७ मत प्राप्त गरेका छन्। 

प्रतिनिधि सभामा राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ। कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ।