• १३ साउन २०८१, आइतबार

मत्स्य कृषकलाई महशुलमा ५० प्रतिशत अनुदान दिइने

blog

शालिग्राम नेपाल 

चितवन, मङ्सिर १५ गते । भरतपुर  महानगरपालिकाले व्यावसायिक मत्स्य कृषकका लागि विधुत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ। महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९–८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत व्यावसायिक मत्स्य फर्मको विधुत महशुलमा ५० प्रतिशत अनुदान कार्यक्रम समावेश गरिएको थियो। यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग गर्ने महानगरले अपेक्षा लिएको छ।

आवेदन दिनका लागि भरतपुर महानगरपालिकाको वेबसाइट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने सो कार्यालयले जनाएको छ। महानगरपालिकाले यसअघि दूध उत्पादनमा अनुदानलगायतको विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दैआइरहेको छ।