• १२ असोज २०८१, शनिबार

सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४

मन्त्री कार्कीको अग्रता कायमै : १५ मतले अगाडि

blog

सचिन पोखरेल

सुनसरी,  मङ्सिर १५ गते । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम गर्नुभएको छ । उहाँले १५ मतले अग्रता कायम गर्नुभएको हो । 

उहाँले ३० हजार १२०  मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १०५  मत प्राप्त गर्नुभएको छ । अब ७०० मत गर्न बाँकी रहेको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।