• १३ साउन २०८१, आइतबार

विनेसामको महोत्तरी शाखा गठन

blog

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर १५ गते । विश्व नेपाल साहित्य महासङ्घ (विनेसाम) ले महोत्तरीमा आफ्नो शाखा विस्तार गरेको छ । विनेसामको मधेस प्रदेशस्थित कार्यालयले बर्दिबासको गौरीशङ्कर होटेलमा आयोजना गरेको स्रष्टा सम्मेलनमा महोत्तरी शाखा गठन गरेको हो ।  

साहित्यकार उद्धव अभिचको अध्यक्षतामा गठित ७ सदस्सीय समितिमा उपाध्यक्ष शान्ता काफ्ले, सचिव कमल साह तथा कोषाध्यक्षमा शत्रुघन महतो हुनुहुन्छ । समितिको सदस्यमा रविन यादव, दीपक साह र सुमन सारङ्गीलाई चयन गरिएको छ । 

प्रगतिशील लेखक सङ्घका अध्यक्ष नारायण घिमिरेले जिल्लाका भाषा साहित्यको जर्गेना, सृजना एवं सम्बद्धधको उद्देश्यले बुधवार शाखा गठन गरिएको जनाउनु भयो ।