• १३ असोज २०८१, आइतबार

स्याङ्जा–२ मा कांग्रेसका गुरुङले लिए अग्रता

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १५ गते । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता लिनु भएको छ । उहाँले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई  ६५४ मतले पछि पार्नु भएको हो । 

कांग्रेसका गुरुङले तीन हजार ९०१  मत पाउनु भएको छ भने एमाले की अर्यालको  तीन हजार २४७  मत रहेको छ । सुरुवाती अवस्थामा एक हजार बढिको अग्रता लिनु भएकी अर्याल अहिले पछि पर्नु भएको हो । 

स्याङ्जा-२ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोट कै ९ नम्बर वडाको मत गणना भइरहेको छ । 

यस्तै स्याङ्जा-२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७६१ मत प्राप्त गर्नु भएको छ । स्याङ्जा-२ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो ।