• १२ असोज २०८१, शनिबार

अध्यक्ष लिङ्देनद्वारा पुल शिलान्यास

blog

लीलाराज खड्का

बिर्तामोड, मङ्सिर १४ गते । झापा क्षेत्र ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले  वुधबार एकै दिन तीन वटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्ष समेत रहनुभएका लिङ्देनले हल्दीबारी गाउँपालिकामा निर्माण हुन लागेको तीन पक्की पुलको शिलान्यास गर्नुभएको हो ।

चार करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपियाँमा तीन वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रा.लि. ले २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

जसअन्तर्गत वडा १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, त्यसैगरी वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाइको पुल लिङदेनले शिलान्यास गर्नुभयो ।  

गाउँपालिका क्षेत्रभित्रका अन्तिम तीन वटा काठका पुल विस्थापित गर्दै पक्की पुल निर्माणका लागि ठेक्का लगाइसकेको बताउँदै समयसीमा भित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क हुन पालिका अध्यक्ष रविन्द्र लिङ्देनले आश्वासन दिनुभयो । कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं. ३ (ख) का नवनिर्वाचित संसद् छवि चुडाललगायतको   उपस्थिति थियो ।