• १३ असोज २०८१, आइतबार

भेरीमा बगेर महिलाको मृत्यु

blog

सहदेव बस्नेत

जाजरकोट, मङ्सिर १४ गते । भेरी नदीमा पानी भर्ने क्रममा हिजो (मङ्गलबार) बेलुका  चिप्लिएर नदीमा खस्दा एक महिला बेपत्ता हुनुभएको छ । भेरी नगरपालिका –१ रावतगाउँ निवासी ५२ वर्षीया दुर्पता खत्री नदीमा बगेर बेपत्ता हुनुभएको हो ।   

स्थानीय मधुकर नेपालीका अनुसार नजिकै रहेको तरकारी बारीमा सिंचाइका लागि भेरी नदीबाट पानी बाेकेर सिंचाइ गर्नका लागि पानी भर्ने क्रममा उहाँ नदीछेउमै  चिप्लिएर बेपत्ता हुनुभएको जानकारी दिनुभयो । 

बगेको केही समयपछि खोजतलास गर्ने क्रममा करिब १५ किलोमिटर टाढा भेरी नदीछेउमा उहाँको शव फेला परेको स्थानीयले बताएका छन् । मृतक खत्री स्थानीय दीपेन्द्र प्राथमिक विद्यालय रावत गाउँमा कार्यालय सहयोगी पदमा कार्यरत रहनुभएको थियो ।