• १२ असोज २०८१, शनिबार

सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४

मन्त्री कार्की र कुसियैतबीच उच्च प्रतिस्पर्धा

blog

सचिन पाेखरेल

सुनसरी,  मङ्सिर १४ गते । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा उच्चस्तरको प्रतिस्पर्धा देखिएको छ । 

नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच  उच्च प्रतिस्पर्धा देखिएको हो । 

मतगणना अन्तिम चरणमा पु्ग्दा बराहक्षेत्र १० र कोशी गाउँपालिका ६ श्रीपुरको मतगणना मात्र बाँकी छ । दुईवटा वडामा गरी करिब चार हजार पाँच सयको हाराहारीमा मतगणना गर्न बाँकी रहेको सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो । 

रोचक पक्ष के छ भने दुई वडा दुवै नेता बस्दै आएका वडा पर्छन् । एउटा वडामा सञ्चारमन्त्री र अर्को वडामा एमालेका उम्मेदवारको घर पर्छ । यी दुवै वडा उहाँहरूको पकड क्षेत्र मानिन्छन् । मतदाताले कसलाई विजयको माला पहिराउने हुन आज रातीभरि कुर्नु पर्ने भएको छ । 

जारी मतगणनाको  पछिल्लो विवरणअनुसार मन्त्री कार्कीले झिनो मतले अग्रता कायम राख्नुभएको छ । उहाँ ९५  मतले उहाँ अगाडि हुनुहुन्छ ।

मन्त्री कार्कीको रुख चिह्नमा २८ हजार १६६ पाउनुभएको छ भने  एमालेका उम्मेदवार कुसियैतले २८  हजार ७१ मतसहित पछ्याइरहनुभएको छ । अहिलेकै अवस्थामा मतगणना कार्य जारी रहेमा बिहान ३ बजेसम्म सबै नतिजा आइपुग्ने जानकारी सहायक निर्वाचन अधिकृत अधिकारीले दिनुभयो ।