• १३ असोज २०८१, आइतबार

स्वास्थ्य केन्द्रमा पाँच लाखको अक्षयकोष स्थापना

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर १४ गते । आफ्नो जन्मस्थानमा खुलेको समुदायद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा एक समाजसेवी परिवारले पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । भानु –२ नारेश्वटारमा जन्मिएर हाल काठमाडौं निवासी पूर्वप्राध्यापक ऋषिकेशर उपाध्याय, छोरीहरू  भुवनेश्वरी कँडेल र सीतादेवी पन्तले स्वर्गीय माता–पिता भुवनकुमारी उपाध्याय र शेखरिदत्त उपाध्यायको स्मृतिमा कोष स्थापना गर्नुभएको हो । 

सो रकम परिवारले मङ्गलबार एक कार्यक्रमबीच प्रमुख अतिथि भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, स्वास्थ्य केन्द्रका अध्यक्ष दीपकराज उपाध्यायलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख त्रिपाठीले सहयोगी हातलाई धन्यवाद दिँदै सहयोगले समाजमा सामाजिक काम गर्न अन्य व्यक्तिलाई समेत हौसला पुग्ने बताउनुभयो । 

अक्षयकोष दाता ऋषिकेशरी उपाध्यायले अक्षयकोषले गरिब दिन दुखीको उपचारमा सहयोग पुग्नेमा आफू आशावादी रहेको बताउनुभयो । स्वास्थ्य केन्द्रले राम्रो काम गरेमा भविष्यमा थप सहयोग गर्ने उहाँको भनाइ छ ।