• १३ साउन २०८१, आइतबार

मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगर सुरुङ्गा

blog

बालविवाह मुक्त घोषणा सभामा उपस्थित अतिथिगण । तस्बिर : ललिता साह

ललिता साह 

बोदेबसाईन (सप्तरी), मङ्सिर १४ गते । सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरको रूपमा घोषित गरिएको छ । सप्तरी क्षेत्र ४ बाट नवनिर्वाचित तेजुलाल चौधरीले सो घोषणा गर्नुभएको हो । 

सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सुरुङ्गा नगरपालिका कार्यालयले बुधवार आयोजना गरेको एक समारोहबीच नगरलाई पूर्ण रूपमा बालविवाह मुक्त नगर भनेर घोषणा गर्नुभएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिनुभयो ।

नगरले चालु आर्थिक वर्षमै पास गरेको बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका  २०७९ अनुसार नगरपालिकाको वडामा बालविवाहको घटना तथ्याङ्क, उजुरी, बालबालिकालाई अनिवार्य जन्मदर्ता लगायत १४ वटा सूचकको आधारमा बालविवाह मुक्त नगर घोषणा गरिएको नगरप्रमुख गीता चौधरीले जानकारी दिनुभयो ।

नगरमा बालविवाहको घट्दोक्रमले यहाँका सबै वर्ग विकास र आर्थिक उन्नतितर्फ उत्साहित देखिएको नगरप्रमुख चौधरीको भनाइ छ । प्रदेशकै पहिलो बालविवाह मुक्त नगर घोषणा समारोहमा जिल्लाका जनप्रतिनिधि तथा प्रशासनिक निकाय प्रमुखहरूको उपस्थिति थियो ।