समूह ‘बी’को अन्तिम खेलमा सामेबार भारतले पाकिस्तानलाई ३–२ गोलले हरायो । भारतले जितसाँगै सेमिफाइनलमा नेपालको भेट तय भएको हो ।
जेनजी आन्दोलनको दोस्रो दिन पश्चिम नवलपरासीमा भएको तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा १४ जना विरुद्ध मुद्दा दायर भएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचवी) कार्यक्रमले दक्षिण पूर्वी एसिया क्षेत्रको पब्लिक हेल्थ च्याम्पियन अवार्ड प्राप्त गरेको छ ।
बबई नदिमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन् ।
गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड”को लोकार्पण गरिएको छ र साथै त्यस एल्वमभित्रको “हाँसि देउन” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
घातक रूसी ड्रोनले भरिएको युद्धभूमिमा, युक्रेनी सैनिक बढ्दो रूपमा फुर्तिलो, रिमोट-नियन्त्रित बख्तरबन्द सवारी साधनमा फर्किरहेका छन् ।
सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई निकाल्ने तयारी थालेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
प्रेस काउन्सिल नेपालले सोमबार ५६ औँ वार्षिकोत्सव मनाएको छ । पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यस वर्षका अन्य कार्यक्रम स्थगन गर्दै काउन्सिलले सरल तरिकाले वार्षिकोत्सव मनाएको जनाएको छ ।
जर्मनीले सोमबार इजरायल-प्यालेस्टिनीबिच वार्ता नगरी दुई-राज्य समाधान सम्भव नहुने भन्दै प्यालेस्टिनी राज्यलाई मान्यता नदिने आफ्नो अडान दोहोर्याएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसनबिच आज अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट भएको छ ।
संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगल जस्ता प्रमुख राष्ट्रहरूले प्यालेस्टाइनलाई एक स्वतन्त्र र सार्वभौम राज्यको रूपमा मान्यता दिने तयारी गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबाको उत्तराधिकारी छान्न सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी०ले सोमबार आधिकारिक अभियान सुरु गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो ।