कात्तिक महिनाको २ गते भर्खरै दसैँ सकिएर तिहार लाग्ने सुरसार हुँदै थियो । गाउँघरका आँगनका डिलमा सयपत्री, मखमली, घडीफूलसँगै रातमा पारिजात फूल मगमग बास्ना छर्दै फुल्न थालेको थियो । कात्तिक महिना बिहानबेलुका हलुका चिसो बडेसँगै जोगी रातमा भूतप्रेत देसान मसान छेक्न फेरी हाल्दै गाउँघर घुम्न थालिसकेका थिए । तेह्रथुम जिल्ला लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन
अङ्ग्रेजसँग भएका विभिन्न लडाइँमध्ये नालापानीको युद्ध नेपाली इतिहासमा निकै महìवपूर्ण र साहसिक मानिन्छ । देहरादुनदेखि दुई कोस (चार माइल) उत्तरपूर्वमा नालापानीको किल्ला रहेको छ । यो किल्ला बनाउन मद्दत गर्नका लागि राजा गीर्वाणयुद्धविक्रम शाहले नहानमा रहेका बडाकाजी अमरसिंह थापाका छोरा रणवीरसिंह थापालाई पत्र लेखेका थिए । यसबाट नालापानी किल्लाको मह
वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्रसम्बन्धी विधेयक पारित भएपछि चलचित्र विकास बोर्ड स्वायत्त हुने बताउनुभएको छ । चलचित्र विकास बोर्डद्वारा शुक्रबार राजधा
रेडियो नेपालका प्रसिद्ध समाचारवाचक माइकल चन्द (हरिश चन्द) को निधन भएको छ । कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले शुक्रबार बिहान चन्दको निधन भएको जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित चन्दको काठमाडौँको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको निरौलाले बताउनुभयो ।
आयरल्यान्डका स्थानीयको संस्कृति होस् कि नेपाली गुरुङ÷मगर समुदायको घाटु नाच, सारङ्गीको मर्मदेखि रुखका जराबाट आकर्षक मूर्तिकलासम्म पोखरामा एकै ठाउँमा हेर्न पाइन्छ । विदेशी र स्वदेशी जनजीवन, संस्कृति, सुन्दरता र सम्भावनालाई कलामार्फत उजागर गर्ने अवसर सिर्जनशील कलाकार समूह पोखराले मिलाएको हो ।
गुल्मीको इस्मा गाउँपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड रामराज्य माविले जितेको छ । १४ स्वर्ण, सात रजत र १६ कास्य गरेर ३७ पदक सहित रामराज्य मावि प्रथम बनेको हो ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले महालक्ष्मी उद्योगबाट उत्पादित दुई हजार ५९८ प्याकेट भालेश्वर ब्रान्डको मिक्स दालमोठ नष्ट गरेको छ । काठमाडौँको चन्द्रगिरिमा रहेको उक्त उद्योगमा उत्पादित दालमोठको नमुना परीक्षण गर्दा गुणस्तरहीन भएको प्रमाणित भएपछि पाँच लाख १९ हजार छ सय रुपियाँ बराबरको दुई हजार ५९८ प्याकेट दालमोठ विभागको टोलीले नष्ट गरेको हो ।
पूर्वी नवलपरासीको गैँडाकोट र देवचुलीमा एकै पटक महोत्सव सुरु भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैँडाकोट महोत्सवको उद्घाटन गर्दै उद्योग वाणिज्य क्षेत्रको विकासबिना मुलुकको आर्थिक समृद्धि हासिल हुन नसक्ने बताउनुभयो ।
स्याङ्जाका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । दुई निर्वाचन क्षेत्र रहको स्याङ्जामा ५२ जना प्रतिनिधिमध्ये ३२ जना खुलेका हुन् ।
दोलखाको भीमेश्वर नगरपालिकामा सञ्चालित चरीकोट सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणमा ठेकेदारका कारण ढिलासुस्ती भएको छ । ढिलासुस्तीसँंगै गुणस्तरहीन सामग्री प्रयोग
नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै आठ खर्ब ७० अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । मङ्सिर महिनामा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४ रुपियाँ ५७ पैसा तोकिएको छ ।
अबदेखि बैङ्कमार्फत चेकबाट कारोबार गर्दा पाँच लाख रुपियाँ मात्र झिक्न पाइने भएको छ । यसअघि उक्त सीमा १० लाख रुपियाँ रहेकामा नेपाल राष्ट्र बैङ्कले शुक्रबार निर्देशन जारी गर्दै पाँच लाख रुपियाँमा झारेको हो ।
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेसलन ट्रान्सफर एकाउन्ट प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवनचक्रीय अभाव (लाइफ साइकल डेफिसिट) रहेको