शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २६ गते । रेडियो नेपालका प्रसिद्ध समाचारवाचक माइकल चन्द (हरिश चन्द) को निधन भएको छ ।
कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले शुक्रबार बिहान चन्दको निधन भएको जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित चन्दको काठमाडौँको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको निरौलाले बताउनुभयो ।
रेडियो नेपाल र जर्मनीको गोथे इन्स्टिच्युटमा लामो समय काम गर्नुभएका चन्द ७७ वर्षका हुनुहुन्थ्यो । उहाँ नेपालको पहिलो अभिनेतृ भुवन चन्दका श्रीमान् हुनुहुन्छ । चन्दका तीन छोरी छन् । दुई छोरी नेपालमा र एक अमेरिकामा रहेको हुनाले अमेरिकाबाट छोरी आएपछि मात्र आइतबार मध्याह्न उहाँको अन्त्येष्टि गरिने निरौलाले बताउनुभयो ।