राममणि दाहाल
मकवानपुर, चैत १८ गते । मकवानपुरको बागमती गाउँपालिका १ स्थित भैंसेमा चट्याङ लागेर एक जनाको मृत्यु र अर्का एक जना घाइते भएको छन् ।
मङ्गलबार साँझ हावाहुरी र पानीसहित परेको चट्याङ लागेर स्थानीय अजय पहरीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
बागमती खोलाको बगरमा ३२ वर्षीय अजय पहरी र ३७ वर्षीय उज्ज्वल थोकर माछा मारी घर फर्केने क्रममा हिडिरहेको अवस्थामा दुवै जनालाई चट्याङ लागि घाईते हुनुभएको थियो । घटना भएको जानकारी प्राप्त हुना साथ प्रहरी टोली गई घाइते अजय पहरीलाई उद्धार गरेर झुरझुरेस्थित सान्भी पोलोक्लिनिकमा पठाइ डाक्टरले हेर्नासाथ थप उपचारको लागि हेटौँडा अस्पतालमा ल्याइएकोमा राति २३ः२५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अर्का घाइते उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भएको छ ।