आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा जिल्लामा चार हजार पाँच सय २७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
बैतडीको सूर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गत कात्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएपछि गाउँपालिकाको प्रशासनिक नेतृत्व रिक्त रहँदै आएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बागलुङको जिल्ला अधिवेशनबाट विष्णुप्रसाद सापकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
कतै जान पनि साथीहरूको साथ खोज्ने बानीले कहिलेकाहीँ निकै झ्याउ गर्छ । आफूले चाहेको बेला उनीहरू फुर्सदमा हुँदैनन्, उनीहरूलाई सहज पर्दा आफ्नो समय मिल्दैन । कति पटक त सँगै जाने साथी नमिलेर कामै स्थगित गरेकी छु । अहिले पनि त्यस्तै भएको छ । श्वेताकी छोरीको बिहे । हिजोसमेत
भग्नावशेषमा परिणत भएको दुल्लु दरबारको आँगनमा झारैझार र ढुङ्गा मात्र देखिँदैन; यहाँका बासिन्दाको स्मृति, पीडा र आशा पनि देखिन्छ । तत्कालीन माओवादी केन्द्रको सशस्त्र द्वन्द्वमा २०५९ सालको विस्फोटले भत्किएको यो दरबारसँगै दुल्लुका स्थानीयले इतिहास जोगिने आशा पनि गुमाएका थिए । बर्सौंसम्म कसैले फर्केर नहेरेको यो दरबार अहिले भने न्यायालयसम्म पुगेको छ ।
‘हुनेले दिने, नहुँनेले लैजाने’ अभियान सुरु भएपछि बैतडीका दुई हजारभन्दा बढी गरिब विपन्नले निःशुल्क रुपमा न्यानो लुगा पाएका छन् । यी मध्ये ११ वटा विद्यालयका ५६० जना विद्यार्थीले न्यानो लुगा, कम्बल र शैक्षिक सामग्रीसमेत पाएका छन् ।
कर्णाली प्रदेश सरकारले गुठी जग्गा व्यवस्थापन गर्न लागेको छ । गुठी जग्गासम्बन्धी प्रदेशमा उत्पन्न समस्या समाधान गर्नका लागि मापदण्ड निर्माण गर्न लागिएको हो ।
कालापानी नजिकको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान जिल्ला सदरमुकाम खलङ्गामै हुने भएको छ । सो गाउँका मतदाता सदरमुकाम खलङ्गामै रहेका तथा विगतमा भएका निर्वाचनमा समेत खलङ्गामै मतदान भएका कारण आगामी फागुन २१ को निर्वाचनसमेत यतै हुने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख एवं निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिनुभयो ।
जग्गा विवादका कारण रोकिएको स्याङ्जाको हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । जग्गा विवादले निर्माण रोकिएकोमा समस्या समाधान भएसँगै पुनः अगाडि बढाइएको हो ।
गत साउन १४ गते नै कार्यकाल सकिएका चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पूूर्वी नवलपरासी, चितवन र मकवानपुर जिल्लामा गरेर २२ वटा मध्यवर्ती उपभोक्ता समिति रहेका भए पनि कार्यकाल सकिएको पाँच महिना बित्दासम्म आठ वटा उपभोक्ता समितिले मात्रै नयाँ नेतृत्व पाएको चितवन राष्ट्रिय निकुुञ्जले जनाएको छ ।
बागलुङको ढोरपाटनका नागरिकको एक्सरेद्वारा छाति रोगको खोजपड्ताल गरिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ग्रामीण भेगका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर पछिल्लो समय गाउँ गाउँमै पुगेर नसर्ने रोगको खोजपड्ताल गरिरहेको छ ।
गत असोज ६ गते बर्दियाको गेरुवा गाउँपालिका–४, राजीपुर निवासी २२ वर्षीय विवश थारू कर्णाली नदीमा गोहीको आक्रमणबाट बेपत्ता हुनुभयो । विवश हालसम्म फेला नपर्दा परिवारको बिचल्ली भएको छ । भैँसी चराउन गएका विवशलाई नदीमा भैँसी गएपछि फर्काउन जाँदा नदीको बिचमा गोहीले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शी जनक थारूले भैँसी खेद्दै गर्दा नदीको बिचमा गोहीले आक्रमण गरेर ढलाएको बताउनुभयो ।
रोगसँग लड्ने शक्ति बढाउन हाम्रो घरमा पाक्ने दाल, भात, तरकारी अचार र विभिन्न स्वस्थकर खानाका अतिरिक्त स्थानीय फलफूल, जस्तो– अम्बा, अमला, सुन्तला, बिमिरो, हलुवावेद, अमिला फल उपयुक्त हुन्छन् । ‘आजकल जाडोमा सुप खानु पर्छ’ भन्ने चलन चलेको छ । सुप खाने विदेशीको राम्रो चलन हो । हामी प्रायः के बिर्सिन्छौँ भने, हाम्रो भान्सामा पाक्ने दाल, तरकारीको रस, गुन्द्रुकको झोल, तामा र बोडीको झोल पनि सुप नै हुन् ।
नेपाली भाषाका शिखर पुरुष तथा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो रम्घालाई विश्वव्यापी साहित्यिक पर्यटकीय गन्तव्य बनाउने अभियानले मूर्त रूप लिन थालेको छ ।
नेपाली कांग्रेसको बिशेष महाधिवेशनमा गुल्मीबाट ४८ जना प्रतिनिधि सहभागी हुने भएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले आह्वान गरेको विधानअनुसारको विशेष महाधिवेशनमा गुल्मीबाट ४८ जना प्रतिनिधि सहभागी हुन काठमाडौँ पुग्नुभएको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।