नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रश्ताव पारित गरेको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि भर्ना गर्न लागिएका निर्वाचन प्रहरीमा लमजुङका युवा युवतीको आकर्षण देखिएको छ । लमजुङमा एक हजार ३०६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघे मेला गोल्ड कप सञ्चालन हुने भएको छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ती )को अवसरमा ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कप सञ्चालन हुने भएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका ३३ वर्षीय जीवनकुमार चर्मकार ताप्लेजुङबाट पक्राउ परेका हुन् ।
झापाको मेची नगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस वर्षको माध्यामिक शिक्षा परिक्षाका (एसइई) लागि लागत साझेदारीमा तयारी कक्षा सञ्चालन गरिएको छ । खार्पुनाथ गाउँपालिका–५ को ६० प्रतिशत लगानीमा उक्त तयारी कक्षा सञ्चालन गरिएको हो ।
आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ ।
झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ट्याक्टरको डालामा सवार ज्यान जाने र घाइते हुने स्थानीय मजदुरहरु रहेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित धरमपुरमा बेवारिसे अवस्थामा नवजात शिशु (बालिका) फेला परेको हो ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिनुभयो ।
जिल्लाको शिवराज नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरले जितेको छ ।
रौतहटका विभिन्न स्थानमा शनिबार आठ घण्टा विद्युत् सेवा प्रभावित हुने भएको छ ।
कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने भएको छ ।
नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको जानकारी दिनुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।