पाकिस्तानले सन् २०२६ फेब्रुअरी २-८ सम्म चल्ने राष्ट्रव्यापी पोलियो उन्मूलन अभियान अन्तर्गत चार करोड ५० लाख भन्दा बढी बालबालिकालाई खोप लगाउने तयारी गरेको स्वास्थ्य अधिकारीले शनिबार बताएका छन् ।
नेपालको पूूर्वी सीमावर्ती क्षेत्र मेची बजारबाट चार दिनअघि सुुरु भएको निसान पदयात्रा आज इलाम सदरमुकाम आइपुगेको छ । नेपाल एकीकरणको सम्झनामा इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धनमा आयोजना गरिएको पदयात्रा इलाम सदरमुुकामस्थित माइस्थान मन्दिरमा आएर समापन भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रनिल्याण्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै शुक्रबार फेरि ग्रिनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिनु भएको छ ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ता (राजु) ले सुन्दर र समृद्ध मधेश प्रदेश बनाउने अभिभारा काँधमा आएको बताउनुभएको छ ।
केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरकाकी सोनिया मार्टिन पहिलो हुनुभएको छ ।
जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी सातामा आम निर्वाचन गराउने विचार गरिरहेकोे शनिबार केही जापानी सञ्चार माध्यमले आफ्नो समाचारमा जनाएका छन् ।
राष्ट्रिय मुक्ति पार्टीका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा निधन भएको छ। डाक्नेश्वरी नगरपालिका वडा ५ पातो निवासी चौधरीको शनिबार बिहान ११ः३० बजे आफ्नै निवासमा निधन भएको हो।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलगायतका नेताले पार्टी एकताको पक्षमा वकालत गर्नुभएको छ।
गुलर्या सांस्कृतिक महोत्सव २०८२ (थारू सम्बत २६४९) को तयारी पूरा भएको छ । गुलर्या टोल विकास संस्थाको आयोजनामा तथा सौँरा बगालको सह–आयोजनामा पुस २७ गते घोराही उपमहानगरपालिका –१७, गुलरियास्थित सहिद नेत्रलाल स्मृति पार्कमा आयोजना हुन लागेको महोत्सवको तयारी पूराभएको आयोजकले जनाएको छ।
झापाको दमकमा ५ वर्षीया बालिकाको कानको सुन लुट्ने एक भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरुबिच संवाद, न्यूनतम समझदारी र सहकार्यको खाँचो रहेको बताउनुभएको छ ।
हिमालयन चेस एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
गुल्मीको इस्मा गाउँपालिका–१ र २ का महिला अचार बनाउने सीप पाएपछि उत्साहित भएका छन् । स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य उत्पादनबाट आचार बनाएर व्यवसायीकरण गर्नसके राम्रो आम्दानी हुने रहेछ भन्ने कुरामा आफूहरुले धेरै कुरा सिकेको इस्मा गाउँपालिका –१ की टीका कुँवरले बताउनुभयो ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजार ३२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको खास जिल्लाको बहुमूल्य र ढुङ्गाको खानीमा शुक्रबार कार्बन मोनोअक्साइड विषाक्तताबाट कम्तीमा चार जना खानी मजदुरको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता एहसानुल्लाह कामगरले पुष्टि गर्नु भएको छ ।