उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपाल आयल निगमलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ । निगमको ५६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले निगम इन्धन कारोबारमा जहिले पनि एकाधिकार प्राप्त हुन नसक्ने भन्दै प्रतिस्पर्धामा आउनुपर्ने बताउनुभएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा इन्धन कारोबारबाट मुनाफा आर्जन गर्नु सकारात्मक भए पनि आपूर्ति व्यवस्था सहज बनाउन निजी क्षेत्रलाई पनि प्रतिस्पर्धामा ल्याउन आवश्यक रहेको मन्त्री सिन्हाले जानकारी दिनुभयो ।
जुम्लामा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । गुणस्तरीय स्याउ उत्पादन गर्ने र किसानलाई स्याउका बिरुवा काँटछाँट तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक सिप प्रदान गर्ने उद्देश्यले अभियान थालिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्ने प्रेरणा सबैलाई प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको घोषणापत्र तयार गर्न जुटेको छ । पार्टी केन्द्र्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहित घोषणापत्र तयारी समितिको बैठक बस्यो
नेपाली कांग्रेसभित्र आन्तरिक एकता, समझदारी र विशेष महाधिवेशनका सन्दर्भमा देखिएको मतभेद समाधानका सन्दर्भमा निरन्तर संवाद अघि बढाइएको छ । कांग्रेसको विशेष महाविधेशन समितिले विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिरहँदा पार्टीको शीर्ष नेतृत्व अन्तरसङ्घर्ष व्यवस्थापन र स्थायी निकासका लागि चरणबद्ध संवादमा जुटेको हो । कांग्रेस नेताले पार्टीलाई एकताबद्ध बनाउने प्रयासस्वरूप शृङ्खलाबद्ध छलफल अघि बढाएका हुन् ।
रामपुर नगरपालिका –८, कुमराङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर –८ पिल्टार बस्ने ५० वर्षीय डोलबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ
उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बझाङको बित्थडचिर गाउँपालिका–४ तल्लाभतडाका किसानले लगाएको गहुँबाली ।
नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले रुकुमपूर्वबाट चुनाव लड्ने पक्का भएको बताउनुभएको छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्नु उपयुक्त हुने धारणा राख्नुभएको छ।
मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाँकेको डुडुवा आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा कानुनी विवादमा परेका बालकहरूका लागि खेलकुद तथा पाठ्यसामग्री सहयोग गरेको छ ।
नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि गरिएको छ ।
ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ ।