सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू शासन गर्न नभई सहयोग गर्न आएको बताउनुभएको छ । सोमबार शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले जेनजी आन्दोलनको मुद्दालाई आत्मसात् गर्दै सुशासन र चुस्तदुरुस्त सेवालाई प्राथमिकता दिने बताउनुभएको हो । म
राष्ट्रपति रामचन्द्र पौडेलले चार जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा ८० बमोजिम नियुक्त चार मन्त्रीलाई राष्ट्रपति पौडेलले सोमबार शपथ गराउनुभएको हो ।
जेनजीको आन्दोलनका क्रममा नेपाली कांग्रेसका १३१ नेताका घरमा आगजनी र तोडफोड भएको छ । भदौ २४ गते प्रदर्शनकारीले सानेपास्थित केन्द्रीय कार्यालय र ४८ जिल्लाका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन अब प्रयोग गर्न नमिल्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले आगजनी गर्दा उक्त भवन पूर्ण रूपमा ध्वस्त भएको थियो ।
जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलनले हिंसात्मक रूप लिई प्रदर्शनकारीको निसानमा परी विस्थापित भएका अधिकांश प्रहरी युनिट सञ्चालनमा आएका छन् । हिंसात्मक प्रदर्शनका क्रममा सहरी क्षेत्रका अधिकांश प्रहरी युनिट तोडफोड र आगजनीबाट ध्वस्त पारी त्यहाँ कार्यरत प्रहरीका हतियार, पोसाक र विभिन्न उपकरण लुटिएपछि अधिकांश प्रहरी युनिट विस्थापित अवस्थामा पुगेका थिए ।
पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिणपश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ ।
बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको संस्करण ९एल्गोरिदम० को लागि सुरक्षा प्रदान गर्ने तयारी गरेको ह्वाइट हाउसले सोमबार जानकारी गराएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका –१ मा रहेको एउटा सडकलाई जेनजी मार्ग नामकरण गरिएको छ ।
डाँडाकाँडामा हुने मान्छे एकै पटक मन्त्रालयमा आएको छु”, उहाँले भन्नुभयो, “मन्त्री भएपछि आविष्कार केन्द्रमा बस्न मिल्दैन । म जहाँ काम गर्छु, त्यही बस्ने हो । यसकारण मलाई मन्त्रालयमा एउटा सुत्ने ठाउँ र भान्छाको व्यवस्था गर्न निर्देशन दिन्छु ।’’
बाल यौन दुराचार र जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुईजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
दशैं नजिकिँदै गर्दा कालीकोटको ग्रामीण सडक अझै पनि जिर्ण छन् । सडक मर्मत र सुधार नगरेकाले दशैँमा घर जाने यात्रुलाई दैनिक सास्ती भइरहेको छ ।
संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई ‘सहकार्य र समझदारीको पुल बनाउन र स्थिरता तथा समृद्धि स्थापना गर्न’ अपिल गर्नुभएको छ ।
पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । पदबहालीपछि उहाँले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभयो ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले नेपाल र कोरियाबिच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गर्नुभएको छ ।