बाल यौन दुराचार र जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुईजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
दशैं नजिकिँदै गर्दा कालीकोटको ग्रामीण सडक अझै पनि जिर्ण छन् । सडक मर्मत र सुधार नगरेकाले दशैँमा घर जाने यात्रुलाई दैनिक सास्ती भइरहेको छ ।
संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई ‘सहकार्य र समझदारीको पुल बनाउन र स्थिरता तथा समृद्धि स्थापना गर्न’ अपिल गर्नुभएको छ ।
पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । पदबहालीपछि उहाँले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभयो ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले नेपाल र कोरियाबिच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गर्नुभएको छ ।
पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरु बिच भएको ब्लिट्ज चेस प्रतियोगितामा नेपाली खेलाडी सिएम पुरुषोत्तम सिलवालले रसियन ग्रान्ड मास्टरलाई हराउन सफल हुनुभएको छ ।
नेपाल पुलिस स्कुलको धनगढीको स्पिक एण्ड एक्ट क्लवले अमेरिकन ड्रीम (ईडीभी क्रेज) सम्बन्धि डकुमेन्ट्री तयार गरेको छ ।
समूह ‘बी’को अन्तिम खेलमा सामेबार भारतले पाकिस्तानलाई ३–२ गोलले हरायो । भारतले जितसाँगै सेमिफाइनलमा नेपालको भेट तय भएको हो ।
जेनजी आन्दोलनको दोस्रो दिन पश्चिम नवलपरासीमा भएको तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा १४ जना विरुद्ध मुद्दा दायर भएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचवी) कार्यक्रमले दक्षिण पूर्वी एसिया क्षेत्रको पब्लिक हेल्थ च्याम्पियन अवार्ड प्राप्त गरेको छ ।
बबई नदिमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन् ।
गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड”को लोकार्पण गरिएको छ र साथै त्यस एल्वमभित्रको “हाँसि देउन” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
घातक रूसी ड्रोनले भरिएको युद्धभूमिमा, युक्रेनी सैनिक बढ्दो रूपमा फुर्तिलो, रिमोट-नियन्त्रित बख्तरबन्द सवारी साधनमा फर्किरहेका छन् ।
सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई निकाल्ने तयारी थालेको छ ।