निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिले आज मैत्रीपूर्ण फुटसल तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । समन्वय प्रदेश समितिका अध्यक्ष प्रशान्त मालीको अध्यक्षतमा भएको कार्यक्रममा फोनिजकर्मीहरुबिच परिचयात्मक कार्यक्रम र भावी योजनाबारे छलफल गरेको छ ।
नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समय अनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ।
टर्की जानका लागि ‘भिएफएस’ गर्न दिल्ली जानु भएका लमजुङका एक युवा दुई महिनादेखि बेपत्ता हुनु भएको छ ।
बङ्गलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत आइतबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आबद्ध टिम राजशीही वारियर्स विजयी भएको छ ।
जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरणका लागि स्थानीय तहले नीति, बजेट र योजना ल्याउन माग गरिएको छ ।
राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पत्रदयात्रा सुरु गरेको छ ।
हुलाकी राजमार्ग अन्तर्गत बाँके र दाङको सीमाक्षेत्रमा बाँकी रहेको करिब ५० किलोमिटर सडक निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनुभएको छ ।
जिल्लाका तीन जना अग्रज साहित्यकारलाई सम्मान गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखाले राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार साहित्यकारलाई सम्मान गरेको हो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताउनुभएको छ ।
गत तीन सातादेखि चलिरहेको शीतलहरका कारण अत्यधिक चिसोले अस्तव्यस्त बनेको नेपालगन्जमा आइतबार बिहानैबाट पारिलो घाम लाग्दा धेरैले चिसोबाट राहात महसुस गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन् ।
लहान नगरपालिकाको उत्तरी भृगमा चुरे पर्वतको छेउमा पर्ने वडा १६ आरी दमारका हात्ती आक्रमण पीडितलाई लहान नगरपालिकाले राहत दिएको छ।