शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २७ गते । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत आइतबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आबद्ध टिम राजशीही वारियर्स विजयी भएको छ ।
सुरुमा ब्याटिङ गरेको रङपुर राइडर्सले दिएको १७९ रनको चुनौती राजशाहीले १९ ओभर १ बलमा तीन विकेटको क्षतिमा भेट्टाएको हो। रङपुरले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १७८ रन बनाएको हो।
ब्याटिङ पिचमा सन्दीपले चार ओभर बलिङ गर्दा २१ रन खर्चिएर एक विकेट हात पार्नु भयो।
यो जितसँगै सात खेल खेल्दा पाँच जित निकाल्दै राजशाहीले १० अङ्क जोडेको छ। आजको जितसँगै राजशाही तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अङ्क भएको चट्टोग्राम रोयल्स रन रेटका आधारमा शीर्ष स्थानमा छ।
बिपिएलमा राजशाहीले सात खेल खेल्दा चार खेलमा मात्र प्लेइङ ११ मा परेका सन्दीप लामिछाने पाँच विकेट हात पारेका छन्।