• २७ पुस २०८२, आइतबार

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की

blog

राप्रपाको जलपान कार्यक्रममा सहभागी हुनु हुँदै प्रधानमन्त्री सुशीला कार्की । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, पुस २७ गते । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनु भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनु भएको हो । प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गर्नु भएको थियो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवालगायतको उपस्थिति थियो ।