लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा बाम शक्तिहरुबिच एकताको खाँचो रहेको बताउनुभएको छ ।
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताउनुभएको छ ।
कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको उद्देश्य विश्वव्यापी पहल भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन भएको बताउनुभएको छ । फरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’ को पहिलो शृङ्खलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
नेपालमा स्वास्थ्य बिमा लागु भएको नौ वर्ष पुगेको छ । हुनेहरूले नहुनेका लागि योगदान गर्ने तथा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्ने लक्ष्यसहित थालिएको बिमा अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।
कर्णाली प्रदेशसभाले धमाधम कानुन निर्माण गरिरहेको छ । दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट मात्र सात वटा विधेयक पारित भएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका –२ का ४६ वर्षीय रामकुमार लामाले च्याउ खेतीलाई जीविकोपार्जनको माध्यम बनाउनुभएको सात वर्ष भयो ।
थारू विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा सप्तरीका विमल चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले अर्का उमेदवार गिता चौधरीलाई ३३ मतान्तरले पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने भएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रको चारकिल्ला भित्र बसोवास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे अध्ययन गर्न चार समुह बनाएको छ ।
याँ शैक्षिक सत्रमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १७ लाख पाठ्यपुस्तक बिक्री गर्ने लक्ष राखेर प्रदेशका विभिन्न जिल्लामा किताब पुर्याउन सुरु गरेको छ ।
विसं २०७९ चैत १ गतेदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबिच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।
धनुषाधाम नगरपालिका–७, भगवानपुरका किसान शिवनाथ यादव २० वर्षदेखि तरबुजा खेती गर्दै आउनुभएको छ । यसवर्ष उहाँले आठ कट्ठा जमिनमा तरबुजा खेती गर्नुभएको छ ।