ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित रिजाल लाइननजिक निर्माण भएको नयाँ भवनको महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयले सोमबार उद्घाटन गर्नुभएको हो ।
प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालको १३औँ राष्ट्रिय सम्मेलनले देवी दुलाल (क्षेत्री)को अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
दाङको राप्ती गाउँपालिका –१ भालुवाङस्थित राप्ती नदीमा एक पुरुषको शव फेला परेको छ । उक्त शव पूर्वी नवलपरासी निवासी अन्दाजी ५५ वर्षिय गंगाप्रसाद रिमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताउनुभएको छ । गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी टेवलटेनिस विभागको आयोजनामा दोस्रो जुनियर तथा मास्टर्स राष्ट्रिय टेवलटेनिस प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले) का सचिव, पूर्वमन्त्री तथा सांसद छबिलाल विश्वकर्माले खेलकुदले हरेक क्षेत्रमा अनेक सकारात्मक प्रतिफल ल्याउने बताउनुभयो ।
इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) ले नेपाल सरकारसँगको सहकार्यमा जलवायु परिवर्तनको कारण हिमाल र मानव जातिमा परेको असरलाई औंल्याउन प्रि–सगरमाथा संवाद कार्यक्रम आयोजना गरेको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतविचको सम्बन्ध बहुआयामिक रहेको बताउनुभएको छ । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पु¥याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमसाथ पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सोमबार सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको महाधिवेशन २०८४ साल अगाडि नै हुने बताउनुभएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान हुनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।