नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ
बालाजुबाट प्रहरीले ४०० बोरा युरिया मल तथा ६० बोरा मकै बरामद गरेकाे छ ।
यस वर्ष बाँकेमा एक लाख ६० हजार मेट्रिकटन अर्थात १६ लाख क्विन्टल धान उत्पादन भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले केवल २० हजार क्विन्टल मात्र धान खरिद गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशका युवा पुस्तामा राजनीतिक चेतना जागेको जेनजी प्रतिनिधिहरूले बताएका छन् ।
जाडोको समयमा शरीरले तापक्रम जोगाउन विभिन्न हर्मोन सक्रिय बनाउँछ । चिसोबाट जोगिन शरीरमा क्याटेकोलामाइन र एड्रिनल हर्मोन सक्रिय हुन्छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका –१०, स्थित घुम्ती खोलानजिकै कोशी नदीको तीरमा एकजना पुरुषको शव फेला परेको छ । आइतवार बिहान घोप्टे परेको अवस्थामा बेवारिसे पुरुषको शव फेला परेको हो ।
बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपियाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रिय बैंकले एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ ।
सप्तरीमा निर्वाचन प्रहरीमा आवेदन दिनेहरुको घुइँचो लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुईंचो लागेको हो ।
काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ ।
बाजुरामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार साठी जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
पश्चिम नेपालका तीनवटा प्रदेशका विभिन्न जिल्लाको निर्वाचन अधिकृतहरुका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रम सोमवारदेखि नेपालगन्जमा सुरु भएको छ ।
बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले स्थानीय बासिन्दाका लागि गाउँ–गाउँमा आगो ताप्न दाउरा वितरण गरेको छ
बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।